Logo
१० बैशाख २०८२, बुधबार
|  Wed Apr 23 2025

समानुपातिक मतको सुरुवाती अग्रतामा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा


घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकर्तफको प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा देखिएको छ । निर्वाचन आयोगले पछिल्लोपटक जारी गरेको मत विवरणमा ८ हजार ८६३ मतका साथ तेस्रो स्थानमा देखिएको हो ।

आमनिर्वाचन भन्दा अघि गठन भएको सो दलले यो समाचार तयार पार्दासम्म प्रत्यक्षतर्फ ८ स्थानमा अग्रता कायम गरेको छ । १४ हजार ३८२ मतका साथ नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ भने १३ हजार ११४ मतका साथ नेकपा एमालेका दोस्रो स्थानमा छ ।

२०७४ सालको आमनिर्वाचनम एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको थियो । नेकपा माओवादी केन्द्र ५ हजार ५७८ मतका साथ चौथो स्थानमा धकेलिएको छ । राप्रपा उल्लेख मतका साथ पाँचौ स्थानमा उक्लिएको छ। उसले ४ हजार ३०६ मत प्राप्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार