राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा फराकिलो अग्रता कायम राख्दै जितको नजिक पुगेका छन्। मंगलबार बिहानसम्मको मत परिणामलाई हेर्दा शाहीले ४०९१ मत प्राप्त गरेका छन् भने गठबन्धनकी उम्मेदवार माओवादी नेतृ गोमा गौतम कुँवरले १४४९ मत प्राप्त गरेकी छिन् ।
भ्रष्टाचार विरोधी अभियन्ताको पहिचान बनाउँदै राष्ट्रिय राजनीतिमा प्रवेश गरेका शाहीले ३१८६८ मत ल्याएर चुनाव जित्ने दाबी आजको प्रेस डटकमसँगको अन्तर्वार्तामा गरेका थिए ।





