
चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवी लामिछानेले अग्रता लिएका छन् । यसअघि निरन्तरजसो तेस्रोमा रहेका लामिछाने पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा १२८ मतले अघि छन् ।
नेकपा एमालेका उम्मेदवार कृष्ण भक्त पोखरेललाई पछि पार्दै लामिछानेले अग्रता लिएका हुन् । ताजा मत परिणामका अनुसार लामिछानेले ४००७ मत ल्याएका छन् भने एमालेका पोखरेलले ३८७९ मत प्राप्त गरेका छन् ।