Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

घन्टीका उम्मेदवारहरुको अवस्था कहाँ कहाँ कस्तो छ ? जितको नजिक कोको छन् ?


राष्ट्रिय स्वतन्त्र पार्टीले जारी मतगणनामा अहिलेसम्म ५ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। काठमाडौं, सुनसरी, ललितपुर र चितवनका २ निर्वाचन क्षेत्रमा घन्टीका उम्मेदवारले अग्रता लिइरहेका छन्।

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले ११०४० मतसहित अग्रता लिएका छन्। यस्तै, सुनसरी २ मा लालविक्रम थापा ले २५६२ मत ल्याएका छन्।
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसीमा कार्कीले १४२०८ मत ल्याएकी छिन्। त्यस्तै चितवन १ मा हरी ढकाल १७९२ मत ल्याएर अग्रता लिएका छन् भने चितवन २ मा रवी लामिछानेले १३६४१ सहित अघि छन्।

अहिलेसम्म रास्वपाले काठमाडौँका ३ निर्वाचन क्षेत्रमा जीत हात पारिसकेको छ । काठमाडौ २ की उम्मेदवार सोविता गौतमले १५२२९ मत ल्याएर निर्वाचित भएकी छिन् भने काठमाडौँ ७ का गणेश पराजुलीले ८७४३ मत ल्याएर निवाचित भएका छन् ।

त्यस्तै काठमाडौँ ८ का विराज भक्त श्रेष्ठले १०१०५ मत ल्याएर निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार