Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

सबैको मत जोड्दा पनि रवि नै अगाडि


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा भारी मतका साथ अग्रता लिइरहेका छन् ।

यो क्षेत्रमा चुनावी प्रतिष्पर्धामा रहेका अन्य सबैको कुल मत एकातिर र रवि लामिछानेले पाएको मत अर्कातिर राखेर हेर्दा रवि लामिछाने नै अगाडि देखिन्छन् । प्रतिष्पर्धामा रहेका अन्य १५ जनाको कुल मत १८९६७ देखिन्छ तर, यो समाचार तयार पार्दासम्म रवि लामिछाने एक्लैले १९९६७ मत पाएका छन् ।

मत गणनाको शुरुवाती अवस्थामा रवि लामिछाने पछि रहेपनि गएरातीबाट उनले भारी मतका साथ अग्रता लिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार