Logo
२ भाद्र २०८३, मंगलवार
|  Tue Aug 18 2026

पैसा खर्च गरेर चूनाव जित्न खोज्नेहरु अत्तालिएः नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पैसा खर्च गरेर चूनाव जित्न खोज्नेहरु यसपटक अत्तालिएको टिप्पणी गरेका छन् ।

बुधबार रौतहट–१ मा जारी मतगणनाको अवस्थामा बुझ्न पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसंग कुरा गर्दै जनताको मत किनेर चूनाव जित्न खोज्नेहरु यसपटक अत्तालिएको टिप्पणी गरेका हुन् ।

अहिलेको चूनाव पैसा खर्च नगरिकनै आफुले जितेको उनले बताए । जनतालाई लुटेर पैसा कमाउन चाहनेहरु पैसा खर्च नगरि कुनै काम गर्न नै नसक्ने भन्दै उनले आफ्नो ढेउवा सम्बन्धी अभिव्यक्तिले उनीहरु लुटको राज्य सकिन्छ कि भनेर डराएको जिकिर गरे ।

अध्यक्ष नेपाले आफु र आफ्ना पार्टीले देशको बिकासका साथै जनताको समस्यामा समाधानका लागि गरेको प्रतिवद्धता पुरा गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार