Logo
१० बैशाख २०८२, बुधबार
|  Wed Apr 23 2025

एमालेले समानुपातिकमा कटायो १० लाख मत


प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९,७०,८७७ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४,८४,८८६ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्रले ४,४६,५९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २,६०,१२० मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टीले १,२९,१५७ मत ल्याउँदा जनमत पार्टीले ७७,२५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१,६६७ मत प्राप्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार