
सामाजिक सञ्जालमा केहि समय अघि धेरै चर्चा कमाएकी अमेरिकी फोटाग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिर आएको छ ।
‘अल्पाइन इन्टरनेसनल म्यागाजिन’ ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचिएको हिउँ चितुवाको तस्वीर फेक भएको अल्पाइन म्यागाजिनले तथ्य पत्ता लगाएको दाबी गरेको छ ।
अलपाइन इन्टरनेसनल म्यागाजिनका अनुसार पावलोव्स्की एक फोटो इडिटर रहेको जिकिर छ । म्यागाजिनले सार्वजनिक गरेको तथ्य अनुसार त्यी तस्वीरहरु पावलोव्स्कीले खिचेको नभएर फोटोसप जस्ता सफ्टवेयर प्रयोग गरेर सिर्जना गरिएको हो ।
फ्याक्ट चेकमा उल्लेख गरिएको छ, ‘सामान्यतया हिमाली फोटोग्राफी (माउन्टेन फोटोग्राफी) को संसारमा पनि त्यस्तै हुन्छ । तर भर्खर फोटोखिच्न सुरु गरेका, सिकारु फोटोग्राफरलाई भाग्यवश मौका मिल्न सक्छ त्यस्तो दृश्य भेट्टाउन । र किटीया पवलोस्की हिउँ चितुवाको केही सटहरू भेट्टाउन भाग्यशाली हुन पनि सक्छिन् । हिमालयमा वर्षौं बिताए पनि केही मानिसहरूले मुस्किलले झुलुक्क मात्रै देख्नपनि सक्छ । तर समस्या तस्वीररूको प्रकृतिमा छ । तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ । अर्को शब्दमा, तिनीहरूको सत्यतामा छ । समस्या तस्वीरहरूको प्रकृति, तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ। अर्को शब्दमा, तिनीहरूको सत्यतामा समस्यमा छ ।’
फ्याक्ट चेकले दाबी गर्दै भनेको छ, ‘पावलोव्स्कीलाई फोटोसप चलाउने कुरामा विज्ञता छ । उनले त्यही विज्ञता प्रयोग गरेकी हुन् । ‘
अलपाइन इन्टरनेसनल म्यागाजिन हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको एक चर्चित म्यागेजिन हो ।