Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

सांसद नयाँ तर भवन पुरानै


सिंहदरबारस्थित पुतली बगैंचामा नयाँ भवन निर्माणको क्रममा रहेकाले संसद बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुरानै भवनमा बस्ने भएको छ । २०७६ असोज १ गते शिलान्यास भएको सो भवन शहरी विकास मन्त्रालयले बनाइरहेको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेका अनुसार– ‘अहिले नयाँ भवनमा संसद बैठक राख्न सम्भव छैन, आगामी चैतसम्म निर्माण सम्पन्न गर्ने समय नै बाँकी रहेको छ । भौतिक निर्माण नै सकेको छैन, त्यसपछि डेकोरेशन गर्नपनि समय लाग्ने हुनाले संसद बैठक पुरानै ठाउँमा बस्छ ।’

निर्वाचनको अन्तिम परिणाम आउने बेलासम्म सबै व्यवस्थापनको काम सक्नेगरी संसद सचिवालयले काम गरिरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार