Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

माओवादी केन्द्रलाई उछिन्दै रास्वपा


समानुपातिक निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । सोमबार बिहानसम्मको जारी मतगणनाअनुसार रास्वपाले माओवादी केन्द्रलाई ५४८८ मतान्तरका साथ रास्वपा तेस्रो स्थानमा आएको छ ।

अहिले तेस्रो स्थानमा रहेको रास्वपाले १० लाख ६१ हजार ७५८ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ५६ हजार २७० मत ल्याएको छ ।

हालसम्म ९२ लाख ५७ हजार ८५० मत गनेर सकिएको छ । सोही समयमा एमालेले २५ लाख २५ हजार ०९९ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २३ लाख ९२ हजार २४२ मतसहित दोस्रो स्थान बनाएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ६३९ मत ल्याएर पाँचौ स्थान हाँसिल गरेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख १९ हजार ४६८ मत ल्याएर छैठौं स्थानमा रहेको छ भने सातौँमा जनमत पार्टीले २ लाख ५६ हजार ०४६ मत पाएको छ । ​


प्रतिक्रिया दिनुहोस !
विचार