राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछानेले सांसद भएदेखिका कामका विवरण सार्वजनिक गरेका छन्।
उनले भोट खसालेपछि जनताको काम सकिने र जनप्रतिनिधिको काम सुरू हुनेसमेत उल्लेख गरेका छन्।
‘भोट खसाले पछि जनताको काम सकिन्छ र जनप्रतिनिधिकोको काम सुरू हुन्छ। हामीले बुझेको राजनीति यही नै हो,’ उनले भनेका छन्।
सांसद भएपछि गरेका कामका विवरणबारे उनले ४ बुँदा सार्वजनिक गरेका छन्। उनले सामाजिक संजाल फेसबुकमा केहि तस्बिरहरु सार्वजनिक गर्दै लेखेका छन्ः–
भोट खसाले पछि जनताको काम सकिन्छ र जनप्रतिनिधिकोको काम शुरु हुन्छ। हामीले बुझेको राजनीति यही नै हो।
केही जानकारी बुँदागत रूपमा गराउन चाहन्छु।
१) मेरो निर्वाचन क्षेत्र चितवन २ को ईच्छाकामना गाउँपालिकाको २,३,४,५,६ र ७ वडाका बिद्युत नपुगेका स्थानमा यहि महिना भित्र क्रमश टेन्डर आव्हान गरि बिद्युत लाईन बिस्तार हुने भएको छ । आज बिद्युत प्रधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङ ज्यु सँग तत्काल बिद्युत लाईन बिस्तार गर्न छ्लफल भएको छ । अब छिटोभन्दा छिटो मेरो निर्वाचन क्षेत्रका नागरिकले टुकि बाल्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।
२) चितवनका किसानले वर्षौ देखि भोगेको रासायनिक मलको अभाब अन्त्यका लागि आज कृषि सामाग्रि कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था , भण्डारण र वितरणको अवस्था निरिक्षण गरेको छु । दुबै भेटघाट निकै फलदायी बनेका छन् ।
३) कालिका नगरपालिकाको बिद्युत नपुगेको पहाडी भेगमा पनि अब तत्काल बिद्युत बिस्तार हुने छ ।
४) केन्द्रिय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियाली रहेका छौं। निर्वाचनको पुर्ण नतिजा आए पछि निर्णयमा पुग्छौं। हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौ।