Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

बस्ती हटाउने कदमविरुद्ध महानगर कार्यालयमा सुकुम्बासीको प्रदर्शन


काठमाडौंको थापाथलीस्थित बागमती किनारका सुकुम्बासीले मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्।

अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको आग्रहकमा महानगरले थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर लगाएपछि स्थानीय आक्रोशित भएका हुन्।

आक्रोशित स्थानीयले ‘डोजर आतंक बन्द गर’ भन्दै महानगरमा पुगेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुले बालेन शाह राजीनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर, बसोबासका आधारमा लालपूर्जा दे जस्ता नारा लगाएका थिए।

उनीहरुले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन्।

सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको थियो। दुई पक्षबीच झडप हुँदा महानगरका नगर प्रहरीप्रमुखसहित दर्जनबढी बढी घाइते भएका थिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार