
झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार रहेका स्वागत नेपालले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
निर्वाचन आयोगलाई उपलब्ध गराएको पत्र सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले चुनावमा ३ लाख ५४ हजार ८८५ रुपैंयाँ खर्च भएको जानकारी दिएका हुन् । सर्वसाधारणका तर्फबाट ३ लाख ३९ हजार ९२९ रुपैंयाँ सहयोग प्राप्त भएको उल्लेख गर्दै उनले बाँकी १४ हजार ९६४ रुपैंयाँ आफ्नो व्यक्तिगत खर्च भएको जनाएका छन् ।
घरमै बनाएको खाना र खाजा खाएर निर्वाचन लडेको बताउँदै उनले निर्वाचन अनुभव समेटेर पुस्तक प्रकाशित गर्ने पनि बताएका छन् ।
सहयोगीहरुको स्वतस्फुर्त सहयोग प्राप्त भएको उल्लेख गर्दै उनले निर्वाचन प्रचारका अन्तिम चरणमा आफ्नो जित पक्का भएको ठानेर केही व्यापारीले सहयोग गर्न खोजेको भएपनि त्यसलाई आफूले स्वीकार नगरेको उनको भनाई छ ।
भ्mापा क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका स्वागत नेपाल त्यस क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक हुँदा दोस्रो स्थानमा देखिएका थिए ।