Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

सुकुम्बासीको आक्रमणमा घाइते भएका महानगर प्रहरीले प्रहरीमा किटानी जाहेरी दिने


काठमाडौं महानगरपालिकाका नगर प्रहरीले थापथलीमा सुकुम्बासी बस्ती हटाउन जाँदा आक्रमण गर्ने १८ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिने भएको छ ।

काठमाडौं महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरीय प्रहरी परिसर टेकुमा घाइते नगर प्रहरीहरुले किटानी जाहेरी दर्ता गर्न लागेका हुन् ।

अर्याल भन्छन्, ‘आज घाइतेहरुको तर्फबाट प्रतिकार गर्नेहरुको नाम सहित टेकु परिसरमा महानगर प्रहरीले किटानी जाहेरी दिँदै छौं, पत्र समेत तयार भइसकेको छ ।’

गत सोमबार महानगरप्रहरी काठमाडौं ११ थापाथलीस्थित बागमती किनारमा रहेको अव्यवस्थित बस्ती हटाउन जाँदा बस्तीमा रहेकाहरुले नगरप्रहरीमाथि घरेलु हतियारसहित आक्रमण गरेका थिए ।

त्यसक्रममा ३६ जना नगर प्रहरी घाइते भएका थिए । जसमा ३ जना गम्भीर भएको नगर प्रहरीले जनाएको छ ।

यसअघि महानगरपालिकाले नगरप्रहरी विरुद्ध आक्रमण भएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरीमा चिठी पठाएको थियो ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चिठी अनुसार कारबाही अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएको थियो । तर प्रहरीले कारबाही अगाडी नबढाए पछि महानगर प्रहरीले किटानी जाहेरी नै दिने तयारी गरेका एक नगर प्रहरी अधिकृतले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार