Logo
२०८१, २६ कार्तिक सोमबार
|  Mon Nov 11 2024

धनगढीमा निशेधाज्ञाः आन्दोलनकारीमाथि दर्जनौँ अश्रुग्याँस प्रहार


धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् । यसैबीच प्रहरीले दर्जनौं विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीहरूको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल आश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन भएकोले स्थितिलाई नियन्त्रणमा ल्याउन अश्रु ग्यास प्रहार गरी भिडलाई तितरवितर पारिएको जानकारी दिए । सो क्रममा ९ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको समेत उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार