दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।
उनका अनुसार आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ । काठमाडौं उपत्यकासहित देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए ।
दशैंका अवसरमा फुलपातिदेखि बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् । यससँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ ।





