दोलखामा जारी मतगणनाका क्रममा करिब १५० वटा मतपत्र नभेटिएको भन्दै एमालेले आपत्ति जनाएपछि मतगणना स्थगित भएको हो ।
एउटा गाउँपालिकाको वडा नम्बर १ को १५० मतपत्र नभेटिएको मतगणनास्थलमा रहेका एक प्रतिनिधिले बताएपछि अहिले सर्वपक्षीय छलफल चलिरहेको छ । एमालेले उक्त मतपत्रको टुंगो नलागी मतगणना सुचारु हुन नसक्ने अडान लिएर बसेको छ ।
दोलखामा दोस्रो पटक भएको मतदानमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता लिइरहेका छन् । उनलाई एमालेका बालकृष्ण शिवाकोटीले पछ्याएका छन् ।
कालिञ्चोक १ को गणना भइरहदा मुचुल्कामा उल्लेख भएको सबै मत नभेटिएपछि विवाद भएको थियो ।