Logo
२९ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 14 2026

बालेन शाहलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरू एक हुनुपर्छ : हर्क साम्पाङ


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै स्वतन्त्रहरू एक हुने समय आएको बताएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर शाहविरूद्धको घेराबन्दी निन्दनीय रहेको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘कथाले माग्यो अब ! स्वतन्त्रहरू एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’

पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार