Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

देउवाको चुनावी खर्च २६ लाख १२ हजार


मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन्।

निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन्। निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै डडेल्धुराका उम्मेदवारले खर्च विवरण बुझाउन थालेका हुन्।

प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेस गरेका हुन्। उनले निर्वाचनमा २६ लाख १२ हजार रूपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका सहसचिव महरले जानकारी दिए।

प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !
विचार