राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालबालिकाहरुको भविष्य राम्रो बनाउन पहिला आमाहरुको भविष्य सुरक्षित र राम्रो बनाउनुपर्ने बताएका छन् ।
लूनिभा बाल सरोकार समूहले शनिबार काठमडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले अव नेपाली समाजलाई रुपान्तरण गर्ने हो भने बालबालिकाहरुको भविष्य राम्रो बनाउनुपर्ने र त्यसका लागि आमाहरुको भविष्यलाई पनि ध्यान दिनुपर्ने बताएका हुन् । बालबालिकाहरुको पहिलो शिक्षा जन्मदादेखि नै घरबाटै हुने र त्यसमा आमाहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुमात्रै नभएर सिंगो राज्यले भविष्यका कर्णधार बालबालिकाहरुको अधिकार स्थापीत गर्न प्रतिवद्ध हुनुपर्ने उनको भनाइ छ । तिमिल्सिनाले राजनीतिक परिवर्तनपछि विकास समृद्धि र सुशासनको जनताको चाहनालाई पुरा गर्नका लागि गम्भीर भएर काम गर्नुपर्ने बताए ।
लूनिभा रजत जयन्ती २०७९ समापन समारोहका अवसरमा आयोजित कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।