
नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।
सोमबार सकेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
बैठकले संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको हो । प्रमुख सचेतक प्रकाश ज्वालालाई चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।