Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण ११ गते


सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम पुस ११ गते हुने भएको छ । प्रदेशसभा सचिवालय धनगढीका सूचना अधिकारी यूवराज जैशीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताए ।

सूचना अधिकारी जैशीका अनुसार प्रदेश सभाका जेष्ठ सदस्य ६८ वर्षीय अछाम क्षेत्र नम्बर २ को ९२० बाट निर्वाचित मानबहादुर रावलले शपथ ग्रहण गराउने भएका छन् । रावलले सोही दिन प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरी बाँकी प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने भएका हुन् ।

यहाँ ५३ जना प्रदेशसभा सदस्यहरू छन् । यसैबीच सचिवालयले ११ गते नै नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागतमा चियापान कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार