Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

मिर्गाैला दातालाई लायन्स क्लव आबद्धद्धारा ३३ हजार सहयोग


ललितपुर । दुवै मिर्गाैला फेल भएकी आफ्नी ४७ वर्षिया आमा पुजा देवान नापितलाई आफनो एउटा मिर्गाैला दिएर बचाउने काठमाण्डौ टेवहाल निवासी २५ वर्षिय छोरा सिराज नापितलाई मंगलबार लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गतको लायन्स क्लव काठमाण्डौ आवद्धले ३३ हजार ५०० रुपैयाँ सहयोग गरेको छ ।

वरिष्ठ पकार बलराम प्यासीको अनुरोधमा लायन्स क्लव काठमाण्डौ आवद्धकी सचिव एवम् मदन स्मारक मावि पुल्चोककी पुर्व विद्यार्थी नितु घलेद्वारा संकलित सो रकम लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के की डिस्ट्रिक्ट भाइस गर्भनर सुचित्रा थापाले सिराजलाई सो रकम हस्तान्तरण गरीन् ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार प्यासी, लायन्स क्लव काठमाण्डौ आवद्धकी संस्थापक अध्यक्ष एवम् १०० डलर अभियानकी विभागिय प्रमुख (पिएमजेएफ) सुनिता मरहठ्ठा शर्मा तथा सो क्लवकी उपाध्यक्ष राज्यश्री श्रेष्ठ प्रधानाङ्गको साथै विरामीका पति शिव नापितको पनि उपस्थिति थियो ।

रकम हस्तान्तरण कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के की डिस्ट्रिक्ट भाइस गर्भनर सुचित्रा थापा तथा क्लवकी संस्थापक अध्यक्ष मरहठठले उपचारको लागि आर्थिक समस्यामा परेकाहरुलाई लायन्स क्लवले सानै भएपनि यस्तो सहयोग गर्दै आएको बताइन् ।

उनीहरुले आमालाई मिर्गाैला दिएर बचाउने छोरा सिराजको मुक्तकण्ठले प्रशंसा गर्दै वर्तमान समाजमा यस्ता छोराहरुको खाँचो रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार