Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

आफ्नै समुहका सांसदको मत पाएनन् गगनले


नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगन थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।

संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको अनृुमान थियो ।

तर बुधबार बिहान भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्र पाएका छन् ।

दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार