Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

कसले कुन भाषामा सपथ ग्रहण गर्दैछन् ?


samsad bhawan

नवनिर्वाचित सांसदहरुले नेपाली भाषा बाहेक अन्य भाषामा शपथ लिनका लागि नाम दर्ता गराएका छन् । अन्य भाषामा शपथ लिनका लागि आज बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ ।

बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएका छन् । उनीहरुले सन्थालीदेखि संस्कृतसम्मका भाषामा शपथ लिनका लागि निवेदन दिएका छन् ।

नेकपा एमालेका राज अहमद फारुकीले उर्दु, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र मिना तामाङ, सूर्यमान तामाङले तामाङ भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् ।

त्यस्तै माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबाट संयुक्र रुपमा चुनाव लडेका महिन्द्र राय यादवले हिन्दी भाषामा र उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिनेछन् । रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा निर्वाचित सांसद किरण कुमार साहले संस्कृत भाषामा शपथ लिनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले नेपाली भाषामा सपथ लिने गरी निवेदन दिएका छन् । इश्वरको ठाउँमा अल्लाह राख्ने गरि उनले सपथ लिने जनाइएको छ । रास्वपाकै सांसद लक्ष्मी तिवारीले अवधि, मनिष झाले मैथली, सुमना श्रेष्ठले नेपाल भाषामा शपथ लिनेछन् । थारु भाषामा शपथ लिने गरी ६ जनाले निवेदन दिएका छन् । राप्रपाका अशोक कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका तीन जना रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारुले थारू भाषामा शपथ लिने गरी निवेदन दिएका छन् । स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारु भाषामा शपथ लिनेछन् ।

यस्तै जनमत पार्टीका सोनु मुर्मु सन्थाली भाषामा, जनमत पार्टीकै चन्द्रकान्त राउत, बिनिता कुमारी सिंह र अनिता देवीले मधेशी भाषामा शपथ लिने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार