प्रतिनीधिसभाका नवनिर्वाचित सांसदहरुले विभिन्न भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनीभिसभामा २६ जना सांसदहरुले विभिन्न भाषामा सपथ ग्रहण गरेका हुन् ।
नव निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । राप्रपाका सांसद जबराले भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए ।
नेकपा एमालेका राज अहमद फारुकीले उर्दु, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र मिना तामाङ, सूर्यमान तामाङले तामाङ भाषामा शपथ लिएका छन् ।
त्यस्तै माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबाट संयुक्र रुपमा चुनाव लडेका महिन्द्र राय यादवले हिन्दी भाषामा र उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिएका छन् । रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा निर्वाचित सांसद किरण कुमार साहले संस्कृत भाषामा शपथ लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले नेपाली भाषामा सपथ लिएका छन् । इश्वरको ठाउँमा अल्लाह राख्ने गरि उनले सपथ लिएको जनाइएको छ । रास्वपाकै सांसद लक्ष्मी तिवारीले अवधि, मनिष झाले मैथली, सुमना श्रेष्ठले नेपाल भाषामा शपथ लिएका छन् । थारू भाषामा ६ जना सांसदहरूले पद तथा गोपनियताको सपथ लिए भने राप्रपाका अशोक कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका तीन जना रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारुले थारू भाषामा शपथ लिएका छन् । स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारु भाषामा शपथ लिएका छन् ।
यस्तै जनमत पार्टीका सोनु मुर्मु सन्थाली भाषामा, जनमत पार्टीकै चन्द्रकान्त राउत, बिनिता कुमारी सिंह र अनिता देवीले मधेशी भाषामा शपथ लिएका छन् ।
उनीहरुले सन्थालीदेखि संस्कृतसम्मका भाषामा शपथ लिनका लागि निवेदन दिएका थिए ।