Logo
२०८१, २६ कार्तिक सोमबार
|  Mon Nov 11 2024

सरकार गठनका लागि छलफलमा थपिए माधव नेपाल


नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनमा सहमति जुटाउनका लागि अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भइरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि छलफलका लागि बालुवाटार पुगेका छन् । तीन नेताबीच सहमति जुटाउने प्रयास भइरहेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार साँझ ५ बजे सकिँदैछ ।


प्रतिक्रिया दिनुहोस !
विचार