राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा दलको बैठक दिउँसो १ बजे बस्ने तयारी गरेको रास्वपाका एक नेताले जानकारी दिए ।
सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा महत्वपूर्ण निर्णय बारे छलफल हुने बताइएको छ । रवि लामिछाने नेतृत्वको पार्टीका २० जना सांसद छन् ।