नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएको केहि समयमा नै नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरू पनि बालुवाटारबाट बाहिरिएका छन् ।
सत्तारुढ गठबन्धनका नेताहरू सरकार गठनको विषयमा छलफल गर्न बालुवाटारमा भेला भएका थिए तर आफुहरुले चाहे अनुसारको कुरा नमिलेपछि नेताहरु छलफलबाट बाहिरिएका हुन्। एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटर पुगेका थिए ।
सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्व पहिले कसले गर्ने विषयमा विवाद रहेको छ ।





