Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

बालुवाटार छाडेर बालकोटतर्फ लागे प्रचण्ड


सत्ता गठबन्धनको बैठक छाडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिए ओली निवासतिर लागेका हुन् ।

आफ्नो अडान नछाडेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए । प्रचण्ड बाहिरिएको केहि समयमा नै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल पनि बालुवाटारबाट बाहिरिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार