नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताएका छन् ।
बिहान बसेको सत्ता गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बैठक छोडेर निस्एिपछि गठबन्धन टुटेको पौडेलले बताएका हुन् ।
बैठकमा कांग्रेस र माओवादीले सरकारमा प्रधानमन्त्री र राष्ट्रपतिमा दुबैले आफ्नो अडान नछाडेको उनले बताए ।
बैठकबाट निस्किँदै गर्दा प्रचण्डले अब गठबन्धनको कुनै औचित्य नरहेको बताएका थिए ।