Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

अशोक राई बालकोटबाट बाहिरिए


जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राई एमाले अध्यक्ष ओलीको निवास बालुकोटमा भइरहेको छलफलबाट बाहिरिएका छन् ।

उनले पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै राईले भने, ‘म छलफल गर्न हिँडेको । हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ ।’

बैठकमा सरकार निर्माणको विषयमा छलफल भएको र बालकोट बैठकमा सहभागी दलकै गठबन्धन बन्नेजस्तो देखिएको राईले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार