एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार भएको सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले आगामी ५ वर्षे कार्यकालमा सरकारको आधा–आधा कार्यकाल नेतृत्व गर्ने भएका छन् ।
नेपाली कांग्रेससँगको गठबन्धन टुटेर आइतबार बालकोटमा एमालेसहितको गठबन्धन बनेर नयाँ सहमति भएको हो । बालकोटमा बनेको नयाँ गठबन्धनले गरेको सहमति अनुसार माओवादी अध्यक्ष प्रचण्ड अबको साढे २ वर्ष सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्नेछन् भने त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।
अध्यक्ष प्रचण्ड एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने भएका छन् ।





