Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक, पार्टीले लिने मन्त्रालयबारे छलफल हुने


नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान पदाधिकारी बैठक बस्ने भएको हो।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। पार्टीले लिने मन्त्रालय र ती मन्त्रालयमा को–को मन्त्री पठाउने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिँदैछन् भने सानो आकारमा मन्त्रिमण्डल पनि गठन गर्ने तयारी छ।


प्रतिक्रिया दिनुहोस !
विचार