Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

माओवादीबाट उपप्रधानमन्त्री बन्दै नारायणकाजी श्रेष्ठ


नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भने, ‘४ बजे शपथ छ, हाम्रो पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ । उहाँ उपप्रधानमन्त्री हो नै, मन्त्रालय के हुन्छ भन्ने विषयमा ११ बजे छलफल हुन्छ ।’

माओवादीबाट को–को मन्त्री बन्ने भन्ने कुरा पनि टुंगिन बाँकी रहेको महराले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार