Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

पदभारसँगै रविको पहिलो निर्णयः निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने


नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् ।

सोमबार शितल निवासमा सपथपछि लामिछाने सिंहदरबारस्थीत मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । निर्मला पन्तलाई न्याय दिन पहल गर्नमा तदारुकता देखाउने विषयमा निर्णयका लागि फाइल तयार गर्न उनले निर्देशन दिए । त्यस्तै उनले गृह मन्त्रालय अलि बढी नागरिकको गुनासो भएको, अलि बढी सेवा गर्नुपर्ने ठाउँ भएकाले आवश्यक भूमिका निर्वाह गर्ने धारणा राखे ।..

उनले स्वतन्त्र रूपमा बराबर ढंगले कार्यसम्पादन गर्ने र कुनै हस्तक्षेप नगर्ने जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार