नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा दाबी गरेका छन् ।
धेरै पटक सभामुख भइसकेका कारण अब सभामुखमा आफ्नो दाबी नरहने तर राष्ट्रपतिमा उनको दाबी रहेको स्रोतको भनाइ छ ।
बि.सं. २०६३ देखि २०७४ सम्ममा नेम्वाङ ४ पटक सभामुख र २ पटक संविधान सभाको अध्यक्ष भइसकेका छन् ।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै एमालेको भागमा राष्ट्रपति र सभामुखसमेत परेको छ।