Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

कीर्तिपुर अस्पतालबाट हामफाल्दा एक युवक घाइते


कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक युवक घाइते भएका छन्।

सोमबार राति साढे १० बजे एक युवक हाम्फाल्दा घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिए।

बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया अस्पतालबाट हाम्फाल्दा घाइते भएका हुन्।

रोकायाको मुटुको धड्कन एक्कासीबढेपछि उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो।

उनको सोही अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार