काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले निर्वाचन आयोगका विरुद्ध सर्वोच्च अदालत गुहारेका छन् ।
निर्वाचनमा भएको खर्च नबुझाएको भन्दै आयोेगले ठूलो रकम सहितको जरिवाना घोषणा गरेपछि साह निर्वाचन आयोग पुगेका हुन् । उनले मंगलबार निर्वाचन आयोगविरुद्ध रिट दायर गर्दै आयोगको स्वेच्छाचारी र संविधान विपरीतको निर्णयले आफू सहित धेरै उम्मेदवार र जनप्रतिनिधिहरु मर्कामा परेको उनको जिकिर छ ।
यसैबीच साहले मंगलबार दायर गरेको रिट पुस २० गते बुधबारको संवैधानिक इजलासमा पेसी तोकिएको छ ।