
कम्बोडियामा भएको आगलागीमा हाम फाल्दा ज्यान गुमाएका निराकर पाण्डेको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ ।
उनको शव आइतबारसम्ममा नेपाल आइपुग्ने परिवारका एक सदस्यले जानकारी दिए ।
उनले आगलागि हुँदा भाइवरमार्फत फोन गरी सबैसँग बिदा मागेका थिए भने ९ वर्षिय छोरालाई कसैलाई पनि नराम्रो नगर्नु भनेका थिए ।
उनको घर झापा बिर्तामोड नगरपालिका–१ मा थियो । कम्बोडियामा आगलागि हुँदा त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग अन्तिम कुराकानी गरेर १२ औं तलाबाट हाम्फाल्दा मृत्यु भएको थियो।