नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको सरकारको आयु लामो नरहेको बताएका छन् ।
आज नेपाली कांग्रेसको केन्द्रिय कार्यालयको पत्रकार सम्मेलनमा बोल्दै महतले सात दलको गठबन्धनको लामो समयसम्म अगाडि जान नसक्ने बताएका हुन् ।
विभिन्न दलका नेतृत्वको चाहना पुरा गर्न नसकेको अवस्थामा गठबन्धन ढल्न सक्ने आफ्नो धारणा रहेको बताए ।