Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

मलेसियामा बन्धक बनाइएका नेपालीहरुको उद्धार


मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ ।

उद्धार भएकामध्ये ६ जना भोलि मंगलबार स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझेर तत्काल रिहाई तथा उद्दारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार