Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

प्रतिनिधिसभामा प्रभावकारी भूमिका खेल्न रास्वपाका सांसदहरुलाई निर्देशन


राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदमा आफ्नो बलियो उपस्थीति देखाउन र जनतासमक्ष गरेका प्रतिवद्धता पुरा गर्नका लागि संसदमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका हुन् । बैठकले मंगलबार संसदमा प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिनका लागि अन्य दलहरुलाई आग्रह गरेको सांसद सन्तोष परियारले जानकारी दिए ।

उनले अहिले पार्टीले दलको नेतामात्र चयन गरेको र प्रमुख सचेतक र सचेतक पछि चयन गरिने बताए । बैठकले बैठक सञ्चालन अध्यक्ष मण्डलमा चन्दा कार्कीलाई सिफारिस गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार