Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

गण्डकीमा सरकार गठनमा एकीकृत समाजवादीका मनाङेले एमालेलाई समर्थन गर्ने


एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन् । एमाले संसदीय दलका नेता खगराज अधिकारीले केहिबेररमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने छन् ।

केन्द्रमा एकीकृत समाजवादी प्रतिपक्षमा रहने सम्भावना अधिक छ । तर, गण्डकीमा भने मनाङे सरकारमा जान खोजिरहेका छन् । सरकारमा दाबी पेश गर्न आफू पनि जाने मनाङेले बताए ।  उनले अहिलेको आवश्यक्ता कम्युनिष्ट सरकार भएको भन्दै वामपन्थीहरू एकैठाउँमा रहनुपर्ने पनि बताए । ‘केन्द्रमा के हुन्छ मलाई मतलब भएन ।

यहाँ म खगराजलाई भोट हाल्छु,’ उनले भने, ‘अहिले राप्रपाले सहयोग गरे पनि उ निस्किन सक्छ । हामी कम्युनिष्ट मिले आफ्नै सरकार बन्छ ।’ राप्रपाले जुनसुकै बेला धोका दिनसक्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार