Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

आज बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?


दशैंका कारण गत असोज २५ गतेदेखि बन्द आज देखि सुनचाँदी बजार खुलेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ मूल्यअनुसार आजदेखि सुनचाँदी बजार खुलेको हो।

गत असोज २५ गतेको तुलनामा आज छापावाल सुनको भाउ प्रतितोलामा ७ सय रुपैयाँ बढेको हो। असोज २५ गते प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज आज ९१ हजार ३ सय रुपैयाँ पुगेको हो।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। असोज २५ गते प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएकाको चाँदीको भाउ आज १ हजार २ सय २५ रुपैयाँ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार