नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन गठबन्धनको मान्यता भए त्यसले खतरनाक संकेत दिने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलका क्रममा अध्यक्ष नेपालले संसद बिघटनको बहस सदनमा सुरु भएको भन्दै संसद विघटन गठबन्धनको मान्यता भए त्यसले खतरनाक संकेत दिने बताएका हुन् । उनले कसैको लहडको भरमा संसद बिघटन गर्न नपाईने बताए । अध्यक्ष नेपालले यसअघि भएका संसद बिघटनको काम प्रतिगमन नै भएको ठोकुवा गरे । उनले भ्रष्टाचार अन्त्य, दू्रतमार्गलाई छिटो अघि बढाउने, चुरे संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने र अनुगमन र कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
अध्यक्ष नेपालले आफूहरुले चाहेको व्यक्ति नै प्रधानमन्त्री भएको र प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत समर्थन गरिसकेपछि विश्वासको मतसम्बन्धी विषय स्वतः अघि बढिसकेको जिकिर गरे ।





