Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

मनाइयो पृथ्वी जयन्ती


प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस बुधबार बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरीन् । त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएत राजसंस्था शुभेच्छुक तथा सर्वसाधारणले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए । त्यस्तै बिभिन्न संघ संस्थाहरुको अगुवाइमा र्याली पनि निकालिएको थियो ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वी जयन्तीका अवसरमा सरकारले बुधबार सार्वजनिक विदा पनि दिएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार