Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

बैंकिङ कसुरका प्रतिवादी तीन बर्ष पछि पक्राउ


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सागर प्रसाद सेलवाललाई प्रहरीले पक्राउ गरेको छ ।

झापा प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–२ चारापाने घर भएका ३९ वर्षीय सेलवालको मुद्धा फैसाला भएको तीन बर्ष पछि पक्राउ गरिएको हो ।

उच्च अदालत पाटनको २०७७ माघ १९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ३ लाख रूपैयाँ जरिवाना र १२ हजार रूपैयाँ पीडित राहत कोषमा क्षेतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार