
यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ गरेको भन्दै मृतकका आफन्त आक्रोशित भएका छन् ।
शव पहिचान भएको २४ घन्टा बितिसक्दासमेत शव बुझ्न नपाएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम गृह अगाडि जम्मा भएका मृतकका आफन्त र परिवारका सदस्यले धेरै समय पर्खिनुपरेको भन्दै विरोध जनाएका हुन् । मृतकका परिवारका सदस्यले शव दिन ढिलाइ हुनुको कारण जानकारी माग गर्दै आफूहरुले कतिबेर कुर्नुपर्ने हो भन्ने प्रश्न गरिरहेका छन् ।
अस्पतालले पहिचान भएका र पोस्टमार्टम भएका शव पनि आफन्तलाई दिएको छैन । अस्पतालले सबै शव जम्मा भएपछि मात्र सोमबारबाट दिने बताएको थियो ।