Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

को को बन्दैछन् नयाँ मन्त्री ? सोवितादेखि ज्ञानेन्द्र शाही सम्म मन्त्रीको लाइनमा (भिडियोसहित)


मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी भइरहेको छ । सम्भवतः आजै मन्त्रीपरिषदले पूर्णता पाउँदैछ । सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको घर बालकोटमा लञ्च मिटिडका लागि गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच मन्त्रीपरिषदलाई पूर्णता दिने सहमति भएको हो । सोही सहमति अनुसार सत्ता साझेदार दलहरुको बैठक बस्ने र मन्त्रीपरिषदलाई आजै पूर्णता दिने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

सभामुखको निर्वाचन अघि नै मन्त्रीपरिषदलाई पूर्णता दिने कुरामा अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकमत भएपछि ओलीले संयन्त्रको बैठक समेत डाकिसकेका छन् ।

संविधानमा संघीय सरकार २५ सदस्यीय भन्दा ठूलो बनाउँन नमिल्ने व्यवस्था भएका कारण सोही अनुसार मन्त्रीपरिषद विस्तार गरिने तयारी छ । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँन सुरुवाती साथ दिएको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी लगायतको रिहाई नभएसम्म सरकारमा सहभागी नहुने अडान लिएका कारण पछि सहभागी गराउँनगरी एक दुई वटा मन्त्रालय प्रधानमन्त्रीसँगै राख्ने सम्भावना समेत रहेको बुझिएको छ ।

विस्तार हुन लागेको मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नं २ की सांसद सोविता गौतम, काठमाडौं ८ का सांसद विराजभक्त श्रेष्ठ र समानुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुपातिक सांसद डा.चन्दा कार्की मन्त्री बन्ने सूचीमा रहेको बुझिएको छ । यद्यपि ललितपुर ३ की सांसद डा.तोषिमा कार्कीलाई स्वास्थ्य मन्त्री बनाइनुपर्ने दबाब पार्टीभित्र व्यापक रुपमा रहेको छ । यता स्वतन्त्र पार्टीको भागमा शिक्षामन्त्री पर्ने अवस्था आउँदा काठमाडौं ६ का सांसद शिशिर खनाललाई अघि सारिने सम्भावना समेत रहेको स्वतन्त्र पार्टीका एक नेताले जानकारी दिए ।

पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँन भूमिका खेलेको राप्रपा सरकारमा जाने या नजाने भन्ने विषयमा निर्णयमा पुगिनसकेको भएपनि उसलाई उपप्रधानमन्त्री सहितका महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा सहभागी गराउँने योजनामा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिडदेनलाई उपप्रधान सहित उर्जा मन्त्रालय दिने चर्चा यसअघि नै सञ्चार माध्यममा सार्वजनिक भइसकेको थियो । तर, राप्रपाले यसलाई नकार्दै आइरहेको छ । राप्रपा सरकारमा जाँदा मन्त्री बन्ने लाइनमा जुम्लाका सांसद ज्ञानेन्द्र शाही, चितवनका सांसद विक्रम पाण्डे र मकवानपुरका सांसद दिपकबहादुर ंिसह छन् । तर, राप्रपा सरकारमा सहभागी हुँदा ३ जना उसको भागमा पर्ने अनौपचारिक सहमति यसअघि भएका कारण दीपकबहादुर सिंह र विक्रम पाण्डे मध्ये एकजना मन्त्री बन्ने लाइनको सूचीबाट आउट हुने सम्भावना छ ।

यता नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकारमा सूर्य थापा, गोकुल बास्कोटा लगायतका नेताहरुलाई पठाउने तयारी गरेको छ भने माओवादीका तर्फबाट यसपटक प्रायः नयाँ अनुहारलाई पठाइने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार